Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

‘उत्तरी नाका सहज सञ्चालन गर्न राज्यले पहल गर्नुपर्छ’

२०७८ चैत्र २५ गते

बैंकिङ खबर/राष्ट्रिय व्यापार संघका उपाध्यक्ष रामचन्द्र पराजुलीले २०७२ साल वैशाखको भूकम्पपछि हालसम्म आइपुग्दा समेत चीनसँगको नाका सहज नभएको बताउनुभएको छ । मिडिया इन्टरनेशनलले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले भन्नुभयो, ‘२०७२ साल वैशाख भूकम्पपछि चाइनासँगका नाका अवरोध भयो । अझैसम्म पनि केरुङ, तोतोपानी नाका सहज नभएको अवस्था छ ।

जसले गर्दा नेपालमा जिडिपीमा नै असर गरेको छ ।’भारततर्फका नाकाबाट आयात गर्दा बढी महङ्गो पर्ने गरेको भन्दै उहाँले उत्तरी नाका सहज रुपमा सञ्चालनका लागि राज्यले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले बैंकले सहज रुपमा कर्जा प्रवाह नगर्दा त्यसको प्रत्यक्ष असर उद्योगी व्यवसायीहरुलाई परेको बताउनुभयो ।

यस्तै उहाँले कुन बस्तु आयत गर्न दिने र कुन नदिने भन्ने सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयतमाप्रतिबन्ध लगाउँदा कालाबजारी बढेको छ । लत्ता कपडा सहज रुपले ल्याउन पाउने व्यवस्था गर्नुपर्छ । लत्ता कपडा आयतमा सरकारले प्रोत्साहन पनि गर्नुपर्छ ।’ उपाध्यक्ष पराजुलीले सरकारले चिनियाँ नाका हुँदै नेपाल सामान भित्र्याउन त्यहाँको सरकारसँग जि टु जि कार्यक्रम राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

Ad