Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

उपकार लघुवित्तको आईपीओ खुल्ला

२०७८ चैत्र २५ गते


बैंकिङ खबर/ उपकार लघुवित्त वित्तीय संस्था साधारण सेयर (आइपीओ) शुक्रबारदेखि निष्काशन भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २ करोड ३६ लाख २५ हजार रुपैयाँको २ लाख ३६ हजार २५० कित्ता आइपीओ निष्काशन गरेको हो ।

जसमा ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीका लागि छुट्याएर बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन खुला गरेको छ ।

चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख ९ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Ad