
बैंकिङ खबर/ चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकले मेडिकल उपकरण खरिद गर्न १५ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा सो अस्पताल बनाइएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले उक्त सहयोगबाट त्यस क्षेत्रका सर्वसाधारणमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मद्दत पुग्ने बताउनुभयो ।
साथै, उक्त सहयोगबाट अस्पतालले त्यस क्षेत्रका सर्वसाधारणनागरिकमासहज ढंगबाट स्वास्थ्य सेवाप्रदान गर्न थप सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । स्व. सरदार गुञ्जमान सिंहको व्यक्तित्वको चर्चा गर्नुहुँदै गुञ्जमान सिंहमेमोरियल ट्रष्ट्रका अध्यक्ष दुर्गेश मान सिंहले नेपाल बैंकको स्थापना साथै देशको औद्योगिक तथा आर्थिक विकासमा स्व. सरदार गुञ्जमान सिंहज्यूले पुर्याउनु भएको योगदानलाई सम्मान गर्दै नेपाल बैंक लिमिटेडले उहाँको नाममा स्थापना भएको अस्पताललाई गरेको आर्थिक सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का साथै कम्पनी सचिव केशव प्रसाद भण्डारी, वरिष्ठ प्रबन्धकद्वय अर्जुनबहादुर कँडेल, बाबुराम काफ्ले लगायतको उपस्थिति थियो ।