Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

डिम्याट खाताको संख्या ५० लाख ८९ हजार नाघ्यो

२०७८ चैत्र २१ गते


बैंकिङ खबर/ हाल डिम्याट खाताको संख्या ५० लाख ८९ हजार नाघेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट खाताको संख्या ५० लाख ८९ हजार ५०० पुगेको छ ।
डिम्याट खाताका साथै मेरो सेयर खाताको संख्या पनि बढेको छ । सिडिएससीका अनुसार मेरो सेयरको संख्या ४२ लाख २ हजार ७४१ पुगेको छ । सिडिएससीको विवरणअनुसार पछिल्लो समय डिम्याट र मेरो सेयर खाताको संख्या उल्लेख्य बढेको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सर्वसाधारण लगानीकर्तालाई केन्द्रीय निक्षेप सेवा दिन तथा सेयरको अभिलेखीकरण गर्न निक्षेप सदस्यका रूपमा सेवा प्रवाह गर्ने सदस्यको संख्या ८२ रहेको छ । सि–आस्वा सदस्य लिने बैंक तथा वित्तीय संस्थाको संख्या ५५ रहेको छ ।

सर्वसाधारणले प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपीओ०मा आवेदन दिँदा डिम्याट खाता अनिवार्य भएकाले यस्ता खाता खोल्ने क्रम बढेको सिडिएससीको भनाइ छ ।

Ad