Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दुई बैंक र एक लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

२०७८ चैत्र १५ गते


बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज नेप्सेमा करिब ५ करोड कित्ता सेयर थपिएको छ। मंगलबार एक÷एक वाणिज्य बैंक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाको सेयर दोस्रो बजार कारोबारका लागि समावेश भएको हो।

नेप्सेले मंगलबार नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्तको बोनस सेयर सूचीकृत गरेको हो। यी संस्थाहरुको कुल ४ करोड ७७ लाख ८८ हजार २२.८६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। उक्त बोनस सेयर गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण भएको हो।

Ad