Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२२ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, तरलतामा थप चाप पर्न सक्ने

२०७८ चैत्र १४ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सोमबार सरकारका लागि २२ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेर सरकारको लागि आन्तरिक ऋण उठाउन लागेको हो ।

बोलकबोल प्रक्रिया मार्फत ब्याजदर तय गर्ने गरि ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंकले जारी गरेको सूचना अनुसार ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २८ दिनका लागि, ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनको लागि, ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल १८२ दिनका लागि, र ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागिएको हो ।

३६४ दिनको लागि बिक्रि गर्न लागिएको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बाहेक अरु सबै ट्रेजरी बिल यस अघि नै बिक्रि गरिएको बिलका नवीकरण हो। ३६४ दिनको लागि बिक्रि गर्न लागिएको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने नयाँ हो । २८ दिन अवधिको बिल २०७९ साल बैशाख १३ गते, ९१ दिनको ट्रेजरी बिल २०७९ साल असार १४ गते, १८२ दिन अवधिको ट्रेजरी बिल २०७९ साल असोज ११ गते र ३६४ दिन अवधिको ट्रेजरी बिल २०७९ साल चैत्र १४ गते परिपक्व हुनेछ ।