फर्स्ट माइक्रोफाइनान्सले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांसदिने प्रस्ताव अघि सारेको छ । सोही प्रस्ताव पारित गराउनका लागि कम्पनीले असोज १९ गते साधारणसभा बोलाएको छ । साधारणसभाबाट कम्पनीले पूँजी वृद्धिका लागि ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव समेत पारित गर्दैछ । माइक्रोफाइनान्सले मौद्रिक नीति मार्फत राष्ट्रियस्तरको थोक लघुवित्त कम्पनीको चुक्ता पूँजी ६० करोड पुर्याउनु पर्ने व्यवस्था अनिवार्य गरे पछि हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
साधारण सभा प्रयोजनका लागि माइक्रोफाइनान्सले असोज ५ गते शेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ । १५ प्रतिशत बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले असोेज ४ गतेसम्ममा माइक्रोफाइनान्सको शेयर खरिद गरिसक्नु पर्ने हुन्छ । ५० प्रतिशत हकप्रद सुरक्षित गर्नका लागि भने धितोपत्र बोर्डबाट स्वीकृति पाए पछि माइक्रोफाइनान्सले बुक क्लोजको अर्को सुचना प्रकाशित गर्नेछ ।
अहिले बैंकको चुक्तापूँजी २३ करोड रुपैयाँ रहेको छ । बोनश पश्चात बैंकको चुक्तापूँजी २६ करोड रुपैयाँ पुग्ने र त्यसपछि पचास प्रतिशत हकप्रद जारी गरेपछि चालु आर्थिक वर्षमा नै ३९ करोड रुपैयाँ चुक्तापूँजी पुग्नेछ । त्यसपछि बैंकले आगामी आर्थिक बर्षमा १५ प्रतिशत बोनश र अर्को बर्ष पुन पचास प्रतिशत हकप्रद जारी गरेर ६८ करोड पूँजी पुर्याउने योजना सुनाएको छ ।



