
बैंकिङ खबर/ वित्तीय जागरण राष्ट्रिय अभियानले मधेश प्रदेशमा रहेको विकट ठाउँ मानिने सिरहको बरियारपट्टी गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकले यो सातालाई ‘ग्लोबल मनि विक’को रुपमा मनाइ रहँदा वित्तीय जागरण राष्ट्रिय अभियानले पनि विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
ग्रामीण अर्थतन्त्रलाई मध्येनजर गर्दै सीमा नाका नजिकै रहेको बरियारपट्टी गाउँपालिकासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रदेश प्रमुख एवं निर्देशक नीरा ताल्चाभडेलले वित्तीय जागरण राष्ट्रिय अभियानले जुन देशव्यापी रुपमा सञ्चालन गरेको यो अभियान प्रदेश २ को विकट क्षेत्रमा सञ्चालन गरिएको भन्दै खुसी व्यक्त गरिन् ।
उनले प्रदेश दुई अन्तर्गत नेपाल राष्ट्र बैंकले अरु गाउँ गाउँमा लैजान सहकार्य गर्ने प्रतिवद्धता जनाइन् । प्रत्येक महिला उद्यमी बन्न या जागिरमा सहभागि हुन पनि उनले उप्रेरणा दिइन् । उनले विद्यार्थी वर्गलाई लोकसेवा तर्फ लाग्न अन्य क्षेत्रमा रोजगारमा छिर्न र उद्यमी बन्न लागी उनले उनले आह्वान गरिन् ।

बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोले यस्तो विकट क्षेत्रमा वित्तीय कार्यक्रम सञ्चालन गरिएको भन्दै धन्यवाद व्यक्त गरे । राजनीति गर्नेले पनि वित्तीय कुरा, आर्थिक कुरा, उत्पादनका कुरा र उद्योगसँग सम्बन्धित विषयलाई फोकस गर्नुपर्नेमा जोड दिए ।
यस कार्यक्रमसँग गाउँपालिकाले सहकार्य गर्न पाउँदा अत्यन्त खुसी व्यक्त गर्दै आगामी दिनमा आफु जुनसुकै ठाउँमा रहेपनि वित्तीय जागरण राष्ट्रिय अभियानसँग मिलेर आफ्नो ठाउँमा मान्छेलाई वित्तीय शिक्षा दिने र आर्थिक पाटोलाई सपोर्ट गर्ने, आफुले योजना बनाउँदा पनि मान्छेलाई उत्पादन सम्बन्धी तालिम दिने खालका योजनाहरु बनाउने बताए ।
यस गाउँपालिकाले अबका दिनमा आर्थिक र उत्पादनशिल क्षेत्रलाई फोकस गर्ने बताए । हरेक राजनीति गर्ने व्यक्तिमा वित्तीय ज्ञान हुन आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा लघुवित्त बैंकर्स संघका महासचिव एवं नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले वित्तीय जागरण राष्ट्रिय अभियान अन्य सुगम ठाउँमा भइरहेको अवस्थामा आफुले यो ठाउँमा ल्याउनका लागि पहल गरेको उल्लेख गरे । यस्तो विकट ठाउँमा पनि यो कार्यक्रमलाई ल्याएर सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

उनले हरेक नागरिक उद्यमी बन्न जरुरी रहेको भन्दै लघुवित्तबाट लिने कर्जालाई सहि ढंगबाट सदुपयोग गर्नुपर्ने र सहि ढंगले प्रयोग गरिरहेका व्यक्ति उद्यमी बनेका उदाहरणहरु पनि प्रस्तुत गरेका थिए ।
उनले यस ठाउँमा छोरा र छोरीबीच भएको विभेदलाई अन्त्य गर्नका लागि पनि वित्तीय शिक्षा जरुरी रहेको बताए । महिलाले रोजगारमा कि उद्यमशिलतामा फड्को मार्यो भने समाजमा हुने हिंसा अन्त्य हुने बताए । उत्पादन क्षेत्रसँग जोड्नका लागि हरेक नागरिकलाई आह्वान गर्दै उनले शिक्षालाई अर्थतन्त्रसँग जोड्नुपर्ने र पाठ्यक्रममा समावेश गर्न समेत आग्रह गरे ।
लघुवित्तको माध्यमबाट धेरै मानिस उद्यमी बनेको कुरा उल्लेख गर्दै लघुवित्त क्षेत्रले नेपालको ग्रामीण क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताए । लघुवित्तबाट लिने कर्जासँगै यसबाट के गर्ने भनेर तालिमहरुको आवश्यक रहेको उनको भनाइ छ । यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा सांसद तथा पूर्वमन्त्री चित्रलेखा यादवले महिलाका लागि शिक्षा महत्वपूर्ण रहेको र वित्तीय शिक्षा अझै बढी आवश्यक रहेको बताइन् ।
उक्त समारोहमा वित्तीय जागरण राष्ट्रिय अभियानले बरियारपट्टी गाउँपालिकामा उद्यमशिलता र उत्पादनको कुरालाई जोड दिएको र त्यहाँको विकासमा लागि पर्ने लघुवित्त बैंकर्स सर्घका महासचिव रामबहादुर यादव, बरियारपट्टी गाउँपालिकामा अर्थतन्त्रमा विभिन्न योजनाहरु बनाउने, नमुना विद्यालयका रुपमा रहेको जनतामा मावि प्राविधिक धारलाई सम्माान गरिएको थियो ।
जनता मावि प्राविधिक धारका प्रधानाध्यापक वीरबल यादवले आफ्नो विद्यालयमा यस्तो महत्वपूर्ण कार्यक्रममा आउँदा अत्यन्त्य खुसी लागेको बताए । उनले अन्य कार्यक्रमलाई स्कुलको प्रांगण निषेधित गरिएको अवस्थामा विद्यार्थीको अध्ययन गर्ने समयमा सम्पूर्ण विद्यार्थीलाई सहभागि गराएर सहि काम गरेको महसुस भएको बताए । यस्तो खालको कार्यक्रम गर्नका लागि सहकार्य गर्न तयार रहेको भन्दै वित्तीय जागरण राष्ट्रिय अभियानले विद्यार्थीलाई थप सिक्नका लागि तालिमहरु ल्याउनुपर्ने बताए ।
उनले हरेक विद्यार्थीलाई वित्तीय शिक्षा अध्ययन गर्न, बैंक वित्त शिक्षा लिन, उद्यमी वन्न र रोजगारमाी छिर्नका लागि तालिमको फोकस गर्ने र सहभागि गराउने प्रतिवद्धता व्यक्त गरे । अबको युग आर्थिक युग भएकाले हरेक विद्यार्थीलाई उद्यमशिलतामा लाग्न उनले आग्रह गरे ।

वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले गाउँगाउँमा मान्छेलाई उद्यमी बन्न आह्वान गर्दै कुनै पनि व्यक्तिको भरोसामा नलाग्न, राजनीतिक पार्टीको पछिपछि नकुद्न र आफन्तबाट आशावादी नभएर आफ्नो खुट्टामा आफै उभिन हरेक व्यक्तिलाई सक्षम बन्न आजैबाट उत्पादनमा लाग्न उनले आग्रह गरे । यस्ता खालका कार्यक्रम विकट ठाउँमा लगि रहने र हरेक विकट वस्तिवस्तिमा वित्तीय जागरण राष्ट्रिय अभियान मार्फत मान्छेलाई सहि मार्गमा र वित्तीय ज्ञान प्रदान गर्न प्रतिवद्ध रहेको बताए । मधेश प्रदेशका विभिन्न कुना काप्चामा यो कार्यक्रम अगाडि बढाउने पनि उनले उद्घोष गरे ।

मिडिया इन्टरनेशनलको आयोजना, नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, गाउँपालिको सहकार्य, नेशनल माइक्रो फाइनान्सको कोडिनेशनमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा गाउँगाउँबाट झण्डै दुई हजार भन्दा संख्यामा सहभागिता रहेको थियो ।
शिक्षाको अभावका कारण मधेश प्रदशेका विभिन्न भित्रि गाउँ र वस्तिमा पछाडि परेका छन् । उनीहरुलाई वित्तीय शिक्षा एकदमै महत्वपूर्ण रहेको छ । यस क्षेत्रमा विभिन्न लघुवित्त र सहरकारीहरुको सेवा संचालनमा आएका छन् ।
यहाँ विभिन्न उत्पादन र लघु उद्यम फोकस भएर कार्यक्रम सम्पन्न गरिएको हो । विभिन्न गाउँगाउँ, टोलटोलबाट कार्यक्रममा सक्रिय सहभागिता रहेको थियो । नमुना विद्यालयका रुपमा रहेको जनता मावि प्राविधिक धार विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा कक्षा, ८, ९, १० र प्लस टुका विद्यार्थी गरी पाँच सय जना विद्यार्थीहरुको सहभागि भएका थिए । विद्यार्थीलाई कसरी डिजिटल कारोबार गर्ने, आर्थिक क्षेत्रमा कसरी प्रवेश गर्ने, कसरी उद्यमशिलता हालि गर्ने भन्नेमा केन्द्रित रहेको थियो । वित्तीय जागरण राष्ट्रिय अभियान मिडिया इन्टरनेशनको पहलमा नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष सहितको साझेदारिमा विभिन्न स्थानीय सरकारसँग सहकार्य गर्दै निरन्तर ढंगले अगाडि बढेको छ । तर पछिल्लो समय कोभिड पछाडि काठमाडौं भन्दा बाहिर जुन ठाउँमा वित्तीय शिक्षाको आवश्यकता छ यो ठाउँमा यो कार्यक्रम गर्ने योजना बनाइएको छ ।
यसै अन्तर्गत कर्णाली प्रदेशसँगको सहकार्यमा कर्णालीको राजधानी सुर्खेतमा दुई दिने सम्मेलन सम्पन्न भएको थियो । आगामि दिनमा यो सम्मेलन मधेश र विभिन्न क्षेत्रमा सञ्चालन गर्ने योजना बनाइएको छ । हालै सुर्खेतमा दुई दिन सम्म सम्मेलन सम्पन्न भएको थियो ।

विगतमा देशका विभिन्न ठाउँमा संचालन हुँदै आएको उक्त कार्यक्रमलाई विशेषगरी वित्तीय साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा अघि बढाउने लक्ष्य राखिँदै आइएको छ । विशेषगरी यस अभियानले वित्तीय साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा अघि बढाउने लक्ष्य राखेको छ । बैंकिङ सूचना अभावमा बैंकिङ क्षेत्रले गर्ने कामबारे समेत कतिपय नेपालीलाई जानकारी छैन ।
बैंकिङ क्षेत्रबाट हुने लगानीका विधि वा बैंकिङ क्षेत्रले दिने कर्जा र ब्याजबारे समेत थाहा नहुँदा बैंकबारे नागरिक अनभिज्ञ छन् । यसर्थ, बैंकिङ सूचनाप्रवाह गर्नु तथा आमनागरिकको बैंकिङमा पहुँच बढाउनु र उनीहरूलाई बैंकबाटै कर्जा लिएर उद्यमशीलताको विकास गर्न योग्य तुल्याउनु यस अभियानको मुख्य उद्देश्य रहेको छ ।
युवा विद्यार्थीलाई कार्यक्रममा सहभागी गराई उनीहरूलाई वित्तीयरूपमा साक्षर बनाउनु, नेपालमै उद्यमी बन्न प्रेरित गर्ने तथा बैंकिङ टेक्नोलोजीसम्बन्धी जानकारी गराउनु, उद्यमशीलताको विकासमा पुँजी परिचालनजस्ता विषयमा नागरिकलाई जागरुक बनाउनु यस अभियानको लक्ष्य रहेको छ ।
पछिल्लो समय विकास भएको फाइनान्सियल डिजिटलाइजेसनको प्रयोगात्मक अभिवृद्धि गर्न पनि आमनागरिकलाई बैंकवित्तको विद्युतीय कारोबार एवं बीमा र सेयरबजारमा भित्रिएका नयाँ टेक्नोजोलीबारे जानकारी गराउनु यस कार्यक्रमको लक्ष्य रहेको छ ।
थप तस्बिरहरु



