Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा पुनरकर्जा कार्यविधि चौथो संशोधन(दस्तावेजसहित)

२०७८ चैत्र ८ गते


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ मा चौथो संशोधन गरेको छ । राष्ट्र बैंकले संशोधन अनुसार नै गर्न÷गराउन इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई एक सूचना जारी निर्देशन दिएको छ।

राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जा गरी ३ प्रकारका पुनरकर्जा सुविधा दिँदै आएको छ। जसअन्तर्गत राष्ट्र बैंकले क्रमशः यी कर्जामा ४ प्रतिशत, २ प्रतिशत र ५ प्रतिशत ब्याज लिनेछ।

बैंक तथा वित्तीय संस्थाहरुले भने ग्राहकबाट लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जामा क्रमशः ७ प्रतिशत, ५ प्रतिशत र ७ प्रतिशत ब्याजदर लिन पाउनेछन्। विशेष पुनरकर्जामा यसअघि कुनै कर्जा विशेषलाई छुट्टै पुनरकर्जा दर तोकिएको अवस्थामा सोही दर लागू हुने व्यवस्था गरिएको छ।