Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

श्रीलंकामा विदेशी मुद्रा सञ्चिति अभाव, राष्ट्रिय परीक्षा समेत स्थगित

२०७८ चैत्र ५ गते


बैंकिङ खबर/ कागज खरिद गर्न विदेशी मुद्रा नभएपछि श्रीलंकामा राष्ट्रिय परीक्षा स्थगित भएको छ । प्रश्नपत्र छाप्ने कागज आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावपछि श्रीलंकाले पश्चिमी प्रान्तमा सोमबारबाट सुरु हुने भनिएको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो ।

सन् १९४८ मा श्रीलंका स्वतन्त्रता भएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । शिक्षा अधिकारीहरुका अनुसार श्रीलंकासँग कागज आयात गर्नको लागि समेत डलरको अभाव रहेको छ।

अत्यावश्यक बस्तु आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले ल्याएको कमजोर आर्थिक संकटले मुलुकमा खाद्यान्न, इन्धन र औषधिको अभाव भएको छ । सरकारले दूधको धुलो, चिनी, दाल र चामललगायत रासनको व्यवस्था गरेपछि किराना पसलमा लामो लाइन लागेको छ ।

Ad