Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

फागुनमा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढ्यो, १७ अर्ब ऋण विस्तार

२०७८ चैत्र ४ गते

बैंकिङ खबर/ फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ । नेपाल बैंकर्स संघ (एनबीए) को तथ्यांकअनुसार फागुनमा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको हो । योसँगै फागुन मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । गत माघ मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो ।

गत माघमा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको थियो । गत पुस मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो । फागुन महिनामा १० बैंकको निक्षेप घटेको छ । नबिल, एभरेष्ट, सिद्धार्थ, लक्ष्मी, कुमारी, सिभिल, प्राइमलगायत बैंकको निक्षेप घटेको छ । माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, प्रभु, एनआइसी एसिया बैंकको बढेको छ ।

यस अवधिमा ऋणमा भने राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया, नेपाल बैंक अगाडि छन् । राष्ट्रिय वाणिज्य बैंकले ७ अर्बले ऋण बढाएको छ । १० वटा बैंकको ऋण० घटेको छ। माछापुच्छ्रे, सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन लगायतका बैंकले ऋण घटाएका छन् ।

फागुनमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १७ अर्ब रुपैयाँले बढेको छ । योसँगै फागुन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । गत माघ मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेको थियो । माघमा पनि बैंकहरुको कर्जा लगानी १२ अर्ब रुपैयाँले बढेको थियो ।

 

Ad