Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार समीक्षा : एक सातामा ६४.२१ अंकले बढ्यो नेप्से

२०७८ चैत्र ३ गते

 बैंकिङ खबर/ यस हप्ता शेयर बजारमा उतार चढाव कायमै रह्यो । चार दिन खुलेको कारोबारमा दुई दिन घट्यो भने दुई दिन बढेको छ । अन्तिम दिन बिहीबार होलीको बिदा भएकाले कारोबार भएन । समग्रमा ६४.२१ अंकले नेप्से बढेको छ । अघिल्लो हप्ताको अन्तिम दिन ५२ दशमलव २१ अंकले बढेर नेप्से २ हजार ५६६ दशमलव ७९ बिन्दुमा पुगेको थियो । यस हप्ताको अन्तिम कारोबार दिन २ हजार ६३१ अंकमा पुगेको छ ।

आइतबार १०१ दशमलव ०७ अंकले बढ्यो नेप्से
कारोबार हुने साताको पहिलो दिन आइतबार शेयर बजार सकारात्मक देखिएको छ। साताको अन्तिम दिन ५२ दशमलव २१ अंकले बढेको बजार आइतबार १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६६७ दशमलव ९७ बिन्दुमा पुगेको थियो ।

आइतबार २२८ वटा धितोपत्रको ९० लाख २२ हजार ८९० कित्ता शेयर खरिद बिक्री भयो । जसबाट ४ अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आइतबार सबै समूहको परिसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूहको ६ दशमलव ९४ प्रतिशतले बढेको हो । आइतबार ५ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा एसियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ, इमर्जिङ नेपाल र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्टको ३४ करोड ३६ लाख ५० हजार ९५४ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

सोमबार शेयर बजारमा झिनो अंकको वृद्धि
कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले वृद्धि भएको छ । आइतबार १०१ दशमलव ०७ अंकले बढेको बजार सोमबार बजार खुल्दा उच्च गतिमा बढे पनि अन्तिममा ० दशमलव १५ अंकले मात्र बढेर २ हजार ६६८ दशमलव ११ बिन्दुमा पुगेको हो ।

सोमबार २२० वटा धितोपत्रको २३ लाख ४९ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट १ अर्ब ३४ करोड २२ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सोमबार १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक बढेको छ भने बाँकी ७ वटा समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी जीवन बीमा समूहको १ दशमलव ०८ प्रतिशतले बढेको हो ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६५ लाख १७ हजार ३०८ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

मंगलबार दोहोरो अंकले घट्यो शेयर बजार
कारोबार हुने साताको तेस्रो दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार झिनो अंकले बढेको बजार १७ दशमलव १५ अंकले घटेर २ हजार ६५० दशमलव ९७ विन्दुमा झरेको हो ।

मंगलबार २२९ वटा धितोपत्रको ६५ लाख २९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

मंगलबार १३ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको ३ दशमलव १६ प्रतिशतले बढेको हो । इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको ३४ करोड २३ लाख ५७ हजार १९४ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

नेप्से परिसूचक बुधबार पनि ओरालो लाग्यो
शेयर बजारको परिसूचक ओरालो लाग्ने क्रम बुधबार पनि कायम रहेको छ । १९.६५ अंकले घट्दै नेप्से परिसूचक २६३१ अंकमा झरेको छ । त्यस्तै कारोबार रकममा पनि कमी आएको छ । बुधबार २ अर्ब ५७ करोड मात्र कारोबार भएको छ ।

बुधबार होटल तथा पर्यटन ६६ र निर्जीवन बीमा उपसमूह ७७ अंकले बढेको छ । बैंकिङ ११, ब्यापार ३६, विकास बैंक ६०, जलविद्युत ३३, फाइनान्स २९, उत्पादन ४४, अन्य ५७, माइक्रोफाइनान्स ९ र जीवन बीमा उपसमूह ५७ अंकले घटेको छ ।

इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो भने मैलुङखोलाको मूल्य ६ तथा सोल्टी होटलको ४ प्रतिशतले बढ्यो । नेपाल टेलिकम, गरिमा विकास बैंक, अपी पावर, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा अगाडि रहे ।

बिहीबार होलीको सार्वजनिक बिदाका कारण कारोबार बन्द भयो ।

 

Ad