Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

रुसी केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्दै

२०७८ चैत्र १ गते


बैंकिङ खबर/ रुसी केन्द्रीय बैंक (बैंक अफ रसिया) ले बैंकिङ प्रणालीमा तरलता अभाव हुन नदिन रिपो मार्फत तरलता प्रवाह गर्ने भएको छ ।
रुसले युक्रेनमा विशेष सैनिक अप्रेशन सञ्चालन गरे लगत्तै अमेरिका, बेलायत लगायतका युरोपेली देशहरुले रुसको बैंकिङ प्रणालीमा आक्रामक प्रतिबन्धहरु लगाएका छन् ।

उक्त प्रतिबन्धहरुका कारण बैंकिङ प्रणालीमा तरलता अभाव नहोस् भन्ने उद्देश्यले रुसी केन्द्रीय बैंकले २.४४ ट्रिलियन रुबल अर्थात २१.९८ बिलियन डलर रिपो मार्फत प्रवाह गर्ने भएको छ ।

एक दिने रिपो अक्सनमा सो देशको केन्द्रीय बैंकले ३ ट्रिलियन रुबल रिलिज गर्ने भनिएको थियो । तर रुसी केन्द्रीय बैंकले फाइन–टिउनिङ नीति अवलम्बन गर्दै रिपो अक्सनको सीमा घटाएर रिपो अक्सन र डिपोजिट अक्सन १ ट्रिलियन रुबल बनाएको हो ।