
बैंकिङ खबर/ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल १६ लाख कित्ता आईपीओ सुचीकृत गरिएको हो ।
कम्पनीको सेयर आइतबार(फागुन २९ गते) बाट जेएलपीए संकेतमा कारोबार खुला हुनेछ । यसले माघ २१ गतेबाट २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको थियो । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको (आइपीओ) र १० लाख ७८ हजार कित्ता शेयर संस्थापकहरुको लगानी सहित कुल १६ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १६४ रुपैयाँ ६० पैसादेखि अधिकतम ४९३ रुपैयाँ ८० पैसाभित्र रहेर हुनेछ । साथै, कम्पनीले शेयर सूचीकरणपश्चात दिनुपर्ने आरटिएस सेवा प्रभु क्यापिटलबाट दिने नेप्सेमार्फत जानकारी गराएको हो ।