Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

असोज ५ गतेसम्म कायम सेयरधनीले मात्रै मितेरी डेभलपमेन्ट बैंकको हकप्रद भर्न पाउने 

२०७३ भाद्र २७ गते

miteri५० प्रतिशत अर्थात दुई बराबरको एकको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको मितेरी डेभलपेमन्ट बैंकले बुक क्लोजको मिति तय गरेको छ । बैंकले हकप्रद प्रयोजनका लागि असोज ६ गदेखि सेयरधनी पुस्तिका बन्द गरिने जानकारी गराएको हो । जसअनुसार, मितेरीको हकप्रद शेयर भर्न इच्छुक लगानीकर्ताले असोज ५ गतेसम्म शेयर खरिद गरिसक्नु पर्नेछ । 

मितेरीले १० करोड ५६ लाखरुपैयाँ बराबरको १० लाख ५६ हजार ३ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ । मितेरीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल (साविकको ग्रोमर मर्चेन्ट बैंकर) रहेको छ । २१ करोड १२ लाख ७४ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको हकप्रद पश्चात पूँजी ३१ करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।