एनआईसी एसिया बैंकले प्रास्ताव गरेको बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्विकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त बोनस बोनस सेयर साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण गरिने बताइएको छ ।
साधारणसभामा बैंकले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत अघि सार्ने निर्णय गरेको छ । बैंकले आगामी असोज १८ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले असोज ५ गतेदेखि १८ गतेसम्म बुक क्लोज रहने समेत जानकारी गराएको छ ।



