Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

रुसमा बैंकका भिजा र मास्टरकार्डको सेवा बन्द

२०७८ फाल्गुन २२ गते


बैंकिङ खबर/रुसमा बैंकसँग सम्बन्धित भिजा र मास्टरकार्ड कम्पनीले आइतबारदेखि सेवा बन्द गरेका छन् । विश्वव्यापी विद्युतीय भुक्तानी सञ्जाल भएका भिजा र मास्टरकार्ड कम्पनीले रुसमा सेवा बन्द गरेका रोयटर्सले जनाएको छ ।

रुसमा दर्ता भएका भिजा र मास्टरकार्ड आजदेखि रुस र रुसबाहिर पनि चल्ने छैनन् । युक्रेनमाथिको आक्रमण रोक्नका लागि दबाब दिन सेवा बन्द गरेको कम्पनीले जनाएको छ । भिजा इन्क र मास्टरकार्ड इन्क अमेरिकी कम्पनी हुन् । भिजा र मास्टरकार्डको निर्णयलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वागत गरेका रोयटर्सले जनाएको छ ।

Ad