Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

रुसी बैंक तथा वित्तीय संस्थाहरुलाई भिसा र मास्टरकार्डले पनि लगायो प्रतिबन्ध

२०७८ फाल्गुन १९ गते


बैंकिङ खबर/ रुसी बैंक तथा वित्तीय संस्थाहरुलाई भुक्तानी तथा क्रेडिट कार्ड जायन्ट भिसा र मास्टरकार्डले पनि नेटवर्कमा प्रतिबन्ध लगाएको छ ।

युक्रेन माथि आक्रमण जारी राखेपछि भिसा र मास्टरकार्डले रुसमा आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको हो । गत साताबाट रुसले युक्रेन माथि आक्रमण शुरु गरेपछि अमेरिकासहितका देशहरुले रुस माथि विभिन्न प्रतिबन्ध लगाउने निर्णय गर्दै आएका छन् । सोमबार मास्टरकार्डले आफ्नो नेटवर्कबाट रुसमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरु माथि प्रतिबन्ध लगाएको जनाएको थियो ।

यता स्विफ्ट बैंकिङ सिस्टमले आफ्नो विश्वव्यापी नेटवर्कबाट ७ रुसी बैंकलाई हटाउने भएको छ। यही मार्च १२ सम्म ती बैंकहरुलाई हटाउने काम सम्पन्न हुने स्विफ्टले जनाएको छ।

स्विफ्टद्वारा जारी गरेको विज्ञप्तिमा युक्रेनमा रुसले गरेको आक्रमणबाट पीडितहरुप्रति गहिरो समवेदना प्रकट गरेको छ। यसअघि अमेरिका, युरोपेली संघ, बेलायत र यसका धेरै सहयोगीहरुले प्रमुख अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली ‘स्विफ्ट’ बाट धेरै रुसी बैंकहरुलाई हटाउने निर्णय गरेका थिए।