
बैंकिङ खबर/ स्विफ्ट बैंकिङ सिस्टमले आफ्नो विश्वव्यापी नेटवर्कबाट ७ रुसी बैंकलाई हटाउने भएको छ। यही मार्च १२ सम्म ती बैंकहरुलाई हटाउने काम सम्पन्न हुने स्विफ्टले जनाएको छ।
स्विफ्टद्वारा जारी गरेको विज्ञप्तिमा युक्रेनमा रुसले गरेको आक्रमणबाट पीडितहरुप्रति गहिरो समवेदना प्रकट गरेको छ। यसअघि अमेरिका, युरोपेली संघ, बेलायत र यसका धेरै सहयोगीहरुले प्रमुख अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली ‘स्विफ्ट’ बाट धेरै रुसी बैंकहरुलाई हटाउने निर्णय गरेका थिए।


