समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका सेयरधनीले ४५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीले आफ्ना लगानीकर्तालाई ४५ प्रतिशत बोनस तथा कर प्रयोजनका दागि २ दशमलव ३६ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । कम्पनीको प्रतिकित्ता शेयर मूल्य ३ हजार रुपैंयाको हारहारीमा रहेको छ ।
नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले सञ्चालन गरेको नबिल व्यालेन्स फण्ड १ ले पनि लगानीकर्तालाई दिने प्रतिफल घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्षको कमाईबाट ३० प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको ।


