
बैंकिङ खबर/ बैंकहरुले फागुन महिनादेखि लागू हुनेगरी निक्षेपको ब्याजदर बढाएका छन् । व्यक्तिगत मुद्दतीमा १०.०५ प्रतिशत ब्याज दिँदै आएका वाणिज्य बैंकहरुले फागुनदेखि ११.०३ प्रतिशतसम्म दिन थालेका छन् । बचत खातामा बैंकहरुले कम्तीमा ६.०३ प्रतिशत ब्याज दिन थालेका छन् । फागुनअघि ५.०५ प्रतिशत थियो ।
ब्याजदर बढे पनि निक्षेपको अवस्थामा भने सुधार हुन सकेको छैन । नेपाल बैंकर्स एसोसिएसनका अनुसार माघ २९ पछि १२ दिनमा जम्मा २ अर्ब मात्रै निक्षेप थपिएको छ । माघ २९ गतेसम्म २७ वाणिज्य बैंकमा कुल ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा फागुन ११ गतेसम्म आउँदा ४३ खर्ब १३ अर्ब कायम भएको छ ।
निक्षेपभन्दा कर्जा प्रवाह ५ गुणा बढेको छ । माघ २९ यताको १२ दिनमा कर्जा १० अर्बले बढेको हो । माघ २९ सम्म बैंकहरुले कुल ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा फागुन ११ गतेसम्म आउँदा ४१ खर्ब ६५ अर्ब कायम भएको छ ।


