Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सानिमा बैंकको एक लाख ६८ हजार कित्ता हकप्रद बोलकबोल विक्रिमा

२०७३ भाद्र २६ गते
सेयर:

sanima-bankलगानीकर्ताले खरिद गर्न छुटेको १ लाख ६८ हजार ५ सय ३१ कित्ता हकप्रद सेयर सानिमा बैंकले बोलकबोलबाट विक्रि गर्ने भएको छ । बैंकले असोज ९ गतेदेखि १६ गतेसम्म बोलकबोल खुला गरिने जानकारी गराएको छ । 

बैंकको हकप्रद सेयर खरिद गर्न इच्छुकले आफूले लिन चाहेको मूल्य तोकेर बोलपत्र पेश गर्न सक्ने छन् । यसका लागि सानिमा क्यापिटल लिमिटेडको नाममा सानिमा बैंकको खाता नं. ००१०००१२६९२०२ मा आवेदकले रकम संकलन गरी सोको सक्कल भौचर, नागरिकताको फाटोकपी र भरेको फारम संलग्न गराई आवेदन दिन सक्ने छन् । 
 
आवेदकको अनिवार्य डिम्याट खाता भने हुनुपर्ने छ । बढी मूल्य दिएकालाई सेयर बिक्री हुनेछ । असोज १७ गते बोलपत्र खोली बाँडफाँड हुने सानिमा क्यापिटलले जनाएको छ ।