Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर

२०७३ भाद्र २६ गते
सेयर:

miteriमितेरी डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई ३१.५८ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । सुनसरीको धरानमा मुख्य कार्यालय रहेको क्षेत्रीयस्तरको विकास बैंकको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो । 

बैंकले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो । गत वर्ष बैंकले ९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले गरेको लाभांसको घोषणा नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र सम्बन्धित बैंककै आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ ।

हाल बैंकको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ ।