Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

हकप्रद भर्नुभयो ? तीन कम्पनीको म्याद आज सकिँदै

admin २०७३ भाद्र २६ गते
सेयर:

rights-issueचुक्तापुँजी वृद्धिका लागि यतिबेला बैंक तथा वित्तीय संस्थाहरु हकप्रद निष्काशनको क्रममा छन् । कतिपयले धितोपत्र बोर्डमा निवेदन दिएका छन् भने कतिपय साधारणसभाबाट पारित गर्ने चरणमा छन् । त्यस्तै, कतिपयले निर्णय मात्रै गरेका छन् । कतिपय बैंक तथा वित्तीय संस्थाको हकप्रद निष्काशन भने खुला रहेको छ । हाल हकप्रद खुला रहेका बैंक तथा वित्तीय संस्थामध्ये तीन वटा हकप्रद निष्काशन आइतबार (आज) देखि बन्द हुँदैछ । यी कम्पनीको सेयरमा आजको बैंकिङ समय (साँझ ५ बजे) भित्र आवेदन दिइसक्नुपर्नेछ ।

एनबी इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद
एनबी इन्स्योरेन्सले एक सय रुपैयाँ अंकितदरका १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीको हकप्रदमा साउन ६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदका लागि शेयरधनीले नाचघरमा रहेको क्यापिटलको कार्यालय वा इन्स्योरेन्सका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन् । हाल कम्पनीको चुक्ता पूँजी २४ करोड ४९ लाख रुपैयाँ रहेको छ । 

सिन्धु विकास बैंकको शतप्रतिशत
सिन्धु विकास बैंकले लगानीकर्तालाई एक बराबर एकका दरले एक सय रुपैयाँ अंकित दरका १२ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । साउन ६ गतेसम्म कायम शेयरधनीले मात्रै हकप्रद भर्न पाउने बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पुँजी १२ करोड ९ लाख रुपैयाँ छ । हकप्रद निश्कासन पछि बैंकको चुक्ता पुँजी २४ करोड १८ लाख रुपैयाँ पुग्नेछ । बैंकको शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ । लगानीकर्ताले सिन्धु विकास बैंकका शाखा र एनआईविएल क्यापिटलको कार्यालयमा आवेदन दिन पाउँछन् ।

मनास्लु बिकास बैंकको ५० प्रतिशत हकप्रद
गोर्खा जिल्लामा मुख्य कार्यालय रहेको मनास्लु बिकास बैंकले ५० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । साउन ६ गते कायम शेयरधनीले बैंकको हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकले दुई बराबर एक कित्ता शेयर हकप्रद जारी गरेको हो । तीन जिल्ला कार्य क्षेत्र रहेको बैंकको हाल चुक्ता पूँजी साढे १८ करोड रुपैयाँको हाराहारीमा रहेकोमा हकप्रद जारीपछि २८ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।