Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा सूचीकृत भयाे मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर

२०७८ फाल्गुन ११ गते

बैंकिङ खबर/ मितेरी डेभलपमेन्ट बैंकको २० दशमलव ३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

बैंकले उक्त बोनस सेयर बापतको १० लाख ६० हजार ५११ दशमलव ३३ कित्ता सेयर बुधबार नेप्सेमा सूचीकृत गराएको हो। गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट साविकको चुक्तापूँजी ७९ करोड ७३ लाख ७६ हजारको आधारमा उक्त बोनस सेयर वितरण गरेको हो।

बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात बैंकले सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्नेछ। सेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन्।

Ad