Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

राष्ट्र उत्थान लघुवित्तको आईपिओ बिहीबार बाँडफाँट हुँदै

२०७८ फाल्गुन ११ गते

बैंकिङ खबर/राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन तथा विक्री खुल्ला गरेको आईपिओ बिहीबार (भोलि) बाँडफाँट हुने भएको छ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार आईपिओ बिहीबार दिउँसो ३ बजे बाँडफाँट हुने भएको हो।

लघुवित्तले फागुन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपिओ बिक्री खुल्ला गरेको थियो।

जसमध्ये १३ हजार कित्ता कर्मचारीहरुलाई, ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

 

Ad