Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल बैंकको बोनस शेयर नेप्सेमा सूचीकरण

२०७८ फाल्गुन ९ गते

बैंकिङ खबर/ नेपाल बैंकको गत पौष २ गतेका सम्पन्न भएको ६२ औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७/७८ मा कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले हुन आउने १ अर्ब ७६ करोड ९१ लाख ४६ हजार २०७ रकम बराबरको १ करोड ७६ लाख ९१ हजार ४६२ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ ।

शेयर अभौतिकीकरण गरिसकेका शेयरधनीहरुको डिम्याट खातामा १४ प्रतिशतका दरले हुन आउने बोनस शेयर जम्मा हुने र भौतिकरुपमा कायम शेयरधनीहरुले शेयर अभौतिकीकरण गराए पश्चात् मात्र बोनस शेयर खातामा जम्मा हुने भएकोले आफ्नो नाममा रहेको शेयर यथाशीघ्र अभौतिकीकरण गराउनु हुन समेत बैंकले अनुरोध गरेको छ।

Ad