बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डमा रमेशकुमार हमाल अध्यक्षमा नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी इन्भेष्टमेन्ट म्यानेजमेन्ट सम्बिन्धि जानकार व्यक्ति हुन् । उनी धनगढी स्थायी घर भएका व्यक्ति हुन् । विगत साढे चार महिनादेखि धितोपत्र बोर्ड नेतृत्वविहीन रहँदै आएको थियो ।