Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

राष्ट्र उत्थान लघुवित्तको आईपिओ आजदेखि खुल्ला

२०७८ फाल्गुन ४ गते

बैंकिङ खबर/ राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारणका लागि साधारण शेयर (आईपिओ) आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुल्ला गर्ने भएको हो। जसमध्ये १३ हजार कित्ता कर्मचारीहरुलाई, ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपिओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्।

Ad