Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनआईसी एशिया लघुवित्तको अर्धवार्षिक समीक्षा बैठक

२०७८ फाल्गुन ३ गते

बैंकिङ खबर/ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. ले आ.व. २०७८/०७९ को अर्धवार्षिक समीक्षा बैठक र व्यवस्थापन विकास तालिम होटल ल्याडर्माक, सौरहा, चितवनमा सम्पन्न गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, कम्पनि सचिव प्रह्लाद चन्द्र निरौला, प्रमुख व्यापार अधिकृत अर्जुन श्रेष्ठ र उप–प्रमुख व्यापार अधिकृत राजन मगरको आतिथ्यमा भएको कार्यक्रममा सम्पूर्ण प्रदेश प्रमुखहरु, प्रदेश उपप्रमुखहरु, असुली अधिकृत, उप–प्रदेश असुली प्रमुखहरु लगायत सम्पूर्ण विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।

दुई दिने उक्त तालिम कार्यक्रममा हालसम्मको लक्ष्य अनुसारको प्रगति, आगामी दिनहरुको लागि रणनीतिक योजनाहरु, जोखिम व्यवस्थापनका विविध पक्षहरु, भाखा नाघेका कर्जा व्यवस्थापन, गुणस्तरिय कर्जा लगानी, बचत बृद्धि, हालको वित्तीय बजारमा रहेको तरलताको समस्याहरु लगायतका विषयमा छलफल साथै प्रशिक्षण गरिएको थियो ।

कार्यक्रममा नापि विभागका सञ्जय मानन्धरले नक्सा हेर्ने तरिका, कित्ता पहिचान, जग्गा नाप्ने तरिका, डिजिटल माध्यमबाट जग्गाको पहिचान र इन्जिनियर रुपेश भट्टले धितो मूल्याङ्कन, धितो कर्जा प्रबाह गर्दा ध्यान दिनु पर्ने कुराहरुको बारेमा सहजिकरण गरेका थिए ।

संस्थाले २०७८ पुस मसान्तको भाखा नाघेको कर्जा उत्कृष्ट व्यवस्थापन गर्ने प्रदेश प्रमुखहरु, प्रदेश उपप्रमुखहरु, असुलि अधिकृत, उप–प्रदेश असुलि प्रमुख, कर्पोरेट कार्यालयका निरिक्षण अधिकारी लगायतलाई हासिल उपलब्धिको आधारमा सम्मानितसमेत गरको थियो ।

कार्यक्रमको समापनमा बोल्दै प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले अहिलेको वित्तीय बजारको अवस्थालाई मध्यनजर गरि उच्च प्रतिफलसहित गुणस्तरीय सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए । उनले हालसम्म हासिल उपलब्धिको लागि सम्पूर्ण कर्मचारी वर्गलाई धन्यवाद दिँदै समाजमा आर्थिक तथा सामाजिक क्रियाकलापबाट नै सकारात्मक परिवर्तन गर्ने कामको जिम्मा सम्पूर्ण कर्मचारीको रहेको बताउँदै कर्मचारी परिवर्तनको राजदूत भएकाले उच्च मनोबलसहित कार्य गर्न सुझाएका थिए ।