Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल धितोपत्र बाेर्डकाे अध्यक्षमा तीन जनाकाे नाम सिफारिस

२०७८ फाल्गुन २ गते

 बैंकिङ खबर/ नेपाल धितोपत्र बाेर्डकाे अध्यक्षका लागि तीन जनाकाे नाम सिफारिस भएको छ। साेमबार बसेकाे सिफारिस समितिकाे बैठकले कृष्णराज पाेखरेल, डा. गाेपाल भट्ट र रमेश हमालकाे नाम सिफारिस गरेकाे हाे।

अध्यक्षका लागि १५ जनाकाे आवेदन परेकाेमा छनाेट तथा सिफारिस समितिले आइतबार पाँच जनालाई अन्तर्वार्ताका लागि बाेलाएकाे थियाे ।

अन्तर्वार्तामा बाेलाइएका मध्ये निरज गिरि र खगेन्द्र कटुवाललाई पछि पार्दै तीन जना छनाेटका लागि सिफारिस भएका हुन्।

सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ।

Ad