Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मोबाइल वालेटबाट कसरी लिने कर्जा ? कतिसम्म लिन सकिन्छ ?

२०७८ माघ २९ गते

बैंकिङ खबर/ अब अनलाइनबाटै ५ लाखसम्मको ऋण लिन सकिने भएको छ ।  बैंक तथा वित्तीय संस्थाहरुले मोबाइल वालेटमार्फत नै कर्जा दिनसक्ने भएका हुन् । यसको अर्थ अब वालेट प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाटै सिधै कर्जा लिने सुबिधा पाउनेछन्।

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धि मार्गदर्शन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । विद्युतीय कर्जासम्बन्धी मार्गदर्शनको मूल उद्देश्य सूचना प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई छिटो छरितो, सरल र सहज रूपमा कर्जा प्रदान गर्ने तथा कर्जाको असूली कार्यलाई सहजीकरण गर्नु रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसरी कर्जा दिँदा वा फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरी कर्जा प्रवाह गर्न सकिने भएकोछ । मार्गदर्शन अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा तलवी खाता रहेका वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम रू.५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम रू.२ लाखसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सकिनेछ । यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्म हुनेछ । साथै, कर्जा प्रदान गर्दा फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरी कर्जा प्रवाह गर्न सकिनेछ ।

मार्गनिर्देशन अनुसार ग्राहकसँग कर्जाको आवेदन लिँदा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा प्रवाहसम्बन्धी एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था मिलाउनु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले आफ्नो मोबाइल एपको माध्यमबाट समेत यस्तो कर्जा आवेदन प्राप्त गर्ने सक्नेछन् । आवेदन प्राप्त भएपश्चात् बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकसँग सम्बन्धित सूचना तथा तथ्याङ्क विभिन्न श्रोतबाट विद्युतीय माध्यममार्फत् प्राप्त गर्नुपर्नेछ ।