
बैंकिङ खबर/ अर्थमन्त्री जनादर्शन शर्माले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको अवैध कारोबारले अर्थतन्त्रमा चुनौती थपिएको बताएका छन्।
अर्थ मन्त्रालयमा चालु आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री शर्माले क्रिप्टोकरेन्सी र प्रविधिका माध्यमबाट भइरहेको नेटवर्किङ मार्केटिङका अवैध कारोबारले अर्थतन्त्रमा चुनौती थपिएको बताए ।
‘हाइपर फन्ड, बेटिङ, क्रिप्टोकरेन्सीलगायत विभिन्न प्रविधिको प्रयोगले पुँजी पलायन भइरहेको छ, त्यसबारे अनुसन्धान र नियमन गर्न कमिटी बनाएर काम गरिरहेका छौँ’ उनले भने ।
नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड जस्ता विद्युतिय मुद्रामा लगानी गर्न प्रतिबन्धित छ। तर पनि पछिल्लो समय यस क्षेत्रमा लगानी बढ्दै गएको आशंका गरिएको छ।