
बैंकिङ खबर/ फागुन ४ देखि सर्वसाधारणमा आइपिओ निष्कासन गर्न लागेको सांगा, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लि. ले आ.व.२०७८-०७९ को दोस्रो त्रैमास सम्ममा गत आ.ब.को. सोही अवधिको तुलनामा आकर्षक प्रगति हासिल गरेको छ ।
जसअनुसार खुद मुनाफमा १४८ प्रतिशत, रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत, खुद व्याज आम्दानीमा ५७ प्रतिशतलगायत अधिकांश सूचकहरुमाप्रगतिहासिल गरेको छ भने खराबकर्जा करिब ५९ प्रतिशत घट्न गई जम्मा खराबकर्जा १.०३ प्रतिशतमासिमित राख्न संस्था सफल भएको छ जुन लघुवित्त वित्तीय संस्थाहरु मध्येकै कम हो । वित्तीय संस्थाले हालसम्मको संचित मूनाफा र चालु आ.ब.को बाँकी ६ महिनामा आर्जन गर्ने मूनाफाबाट आगामी वर्ष शेयरधनीहरुलाई करिब ५० प्रतिशतभन्दा बढी लाभांश सजिलै बाड्न सक्ने देखिन्छ ।
साथै,प्रकाशित आब्हानपत्र बमोजिम वित्तीय संस्थाको आ.ब.०७८/०७९ माखुदमुनाफाकरिब रु. ८ करोड ५ लाख, आ.ब. ०७९/०८० मा रु. १९ करोड ७३ लाख र आ.ब. ०८०/०८१ मा रु २७ करोड ५ लाखहुने र सोहि अवधिमा प्रतिशेयर आम्दानी क्रमशः रु. ३०.९८, रु. ७५.९० र रु. १०४.०४ हुने प्रक्षेपण गरेकोले भविष्यमा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्ने देखिएको हुँदा ढुक्क भएर आइपिओ मालगानी गर्न सकिने देखिन्छ ।