
बैंकिङ खबर/ भारतमा डिजिटल करेन्सीमा कर लगाइने भएको छ । भारत सरकारले मंगलबार पेश गरेका बजेटमा उक्त विषयलाई समावेश गरिएको छ । भारतीय वित्तमन्त्री निर्मला सितारमणले बजेट भाषणका क्रममा डिजिटल करेन्सीबाट हुने आम्दानीमा कर लगाउने निर्णय गरेको जानकारी दिइन् ।
तर भारतमा हाल क्रिप्टोकरेन्सीमा लगानी सम्बन्धी कुनै कानून भने छैन । बजेटमार्फत् डिजिटल करेन्सीमा कर लगाउने निर्णयसँग भारत सरकारले क्रिप्टोकरेन्सीलाई मान्यता दिएको छ ।
क्रिप्टोकरेन्सीबाट हुने आम्दानीमा ३० प्रतिशत कर लाग्नेछ । साथै, आगामी दिनमा यससम्बन्धी कानून समेत बनाउने स्पष्ट संकेत गरिसकेको छ । हाल १०.७ करोड भारतीय नागरिकहरुले ६.६ अर्ब डलर बराबरको सम्पत्ति क्रिप्टोकरेन्सीमा लगानी गरिसकेका छन् ।


