Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतमा नयाँ बजेट : प्राथमिकतामा डिजिटल बैंकिङ

२०७८ माघ १८ गते

बैंकिङ खबर/ भारतमा मंगलबार सन् २०२२/०२३ को बजेट प्रस्तुत गरिएकाे छ। अर्थमन्त्री निर्मला सितारामले भारतीय तल्लाे सदन लाेकसभामा बजेट प्रस्तुत गरेकी हुन्।

नयाँ बजेटमा भारत सरकारले सन् २०२२/२३ मा विपन्न वर्गलाई ८० लाख घर बनाइदिनेछ। त्यस्तै, ६० लाख जनालाई रोजगारी दिइने र अर्गानिक खेती गर्न किसानलाई प्रोत्साहन गरिने उल्लेख छ। त्यस्तै, राष्ट्रिय राजमार्ग २५ हजार किलोमिटर विस्तार गरिने, हुलाक कार्यालय अनलाइन बनाइने र आईटी तथा निजी क्षेत्रलाई प्रोत्साहन गरिने जनाइएको छ।

डिजिटल बैंकिङको सुविधा हरेक क्षेत्रमा गरिने र किसानलाई डिजिटल सेवा प्रदान गरिने बताइएको छ। बजेटमा किसानका लागि धेरै ठूलाे राहत दिने घाेषणा गरिएकाे छ।

Ad