Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

हाइड्रोइलेक्ट्रिसिटी राष्ट्र बैंकको नियामकीय दायरामा, सहवित्तीयकरण ऋणमा सहभागी हुन पाउने

२०७८ माघ १६ गते


बैंकिङ खबर/ हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी नेपाल राष्ट्र बैंकको नियामकीय दायरामा आएको छ।
राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ को दफा ३९घ० अनुसार कम्पनीलाई यो ऐन लाग्ने संस्थाका रुपमा तोकिएको जनाएको छ।

राष्ट्र बैंकले यससँगै आफ्नो निर्देशनमा पनि संशोधन गरेको छ। सहवित्तीयकरणमा सहभागिताको लागि आवश्यक ब्यवस्थामा संशोधन गर्दै अब कम्पनीलाई पनि यसमा भाग लिन पाउने ब्यवस्था गरिएको छ।

यो कम्पनी नेपाल स्टक एक्सचेञ्जमा पनि सूचिकृत छ। अब कम्पनीले अन्य परियोजनाहरुमा बैंक तथा वित्तीय संस्थासँग मिलेर ऋण दिन सक्छ।