Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

आरबीआइद्वारा ८ बैंकलाई कारबाही, १ लाख देखि ४ लाख भारुसम्म जरिवाना

२०७८ माघ ११ गते

बैंकिङ खबर/ भारतीय रिजर्भ बैंक (आरबीआई) ले बैकिङ नियम पालना नगरेको कसुरमा ८ बैंकलाई कारवाही गरेकोे छ । आरबीआईले बैंकको अपराधको प्रकृति अनुसार १ लाख भारु देखि ४ लाख भारुसम्मको जरिवाना गरेको छ । कारबाहीमा पर्नेहरुमा आठै वटा बैंक को–अपरेटिभ बैंकहरु रहेका छन् ।

गुजरात स्थित द एसोसिएट बैंकले व्यक्ति तथा वित्तीय संस्थाललाई ऋण प्रदान गर्दा पालना गनुपर्ने नियम र ग्राहक पहिचान विवरण (केवाइसी) नियमको पालना नगरेको अभियोगमा ४ लाख भारु जरिवाना तिराएको छ ।

यस्तै मोगभीरा कोअपरेटिभ बैंकलाई पनि केवाइसी नियम पालना नगरेको आरोपमा २ लाख जरिवाना तोको छ । भर्चा कोअपरेटिभ बैंकले डिपोजिटर एजुकेशन एन्ड अवयरनेस फन्ड स्किम प्रावधानको नियम पालना नगरेको कसुरमा १ लाख भारु जरिवाना गरेको छ । जम्मुस्थित जम्मु सेन्ट्रल बैंक र जोधपुरस्थित जोधपुर नागरिक सहकारी बैंकलाई पनि समान कसुर गरेको ठहर गर्दै १–१ लाख जरिवाना तोकेको छ ।