Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले भन्यो, ‘क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङका सबै कारोबार गैरकानुनी, संलग्नता भेटिए कारबाही’

२०७८ माघ ९ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले क्रिप्टोलगायतका भर्चुअल करेन्सीको कारोबारमा संलग्नहरुलाई कारबाही हुने चेतावनी दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार एक सूचना जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएकोले यसको कारोबारमा संलग्नहरुलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो।

नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरुसमेतले त्यस्तो कार्य गरेको वा गराएको पाइएमा कारबाही हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ। हालका दिनहरुमा छोटो अवधिमै उच्च प्रतिफलको प्रलोभनमा त्यस्ता गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने र अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने राष्ट्र बैंकले जनाएको छ।

उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सीरक्रिप्टोकरेन्सीहरुको कारोबार र प्रयोग गर्न तथा त्यस्ता भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीहरुसँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी गर्न र जोसियल, क्राउड वान, सोलम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आबद्ध हुन प्रोत्साहन गर्ने र गराउने गरेको जानकारी प्राप्त हुन आएकोले त्यसमा गम्भीर ध्यानाकर्षण भएको पनि राष्ट्र बैंकले जनाएको छ।