
बैंकिङ खबर/ पछिल्लो समय नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै बैंक वित्तका कर्मचारीमा समेत कोरोना संक्रमण देखिन थालेको छ ।
बैंकिङ क्षेत्र दैनिकरूपमा भिडभाड हुने ठाउँमा पर्छ । सेवाग्राहीको भिडभाड हुने तथा नियमित सेवा दिनैपर्ने भएकाले यो क्षेत्रलाई संक्रमणको उच्च जोखिम क्षेत्रका रुपमा लिइँदै आएको छ ।
नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणको दर बढ्न थालेपछि अहिले ‘वर्क फ्रम होम’ अवलम्बन गर्न थालिएको छ । अन्य बैंक, वित्तमा पनि कोरोना संक्रमण देखिन थालेपछि सावधानी अपनाउन थालिएको छ ।
बैंकमा जानू परेमा यी कुरामा ध्यान दिनुहोस्
- सकभर डिजिटल कारोबारमा बढी जोड दिनुहोस् । जसले गर्दा तपाई घरमै बसेर बैंकिङ कारोवार गर्न सक्नुहुनेछ ।
- यदि बैंकमै जानु परेमा बैंकको ढोका सकबर आफैँ नखोल्नु होस् । गार्ड दाईलाई भन्नुहोस् । खोल्नै परे ढोकाको नयाँ ठाउँमा (हेन्डल बाहेक अन्य ठाउँमा) समाएर पेल्नुहोस् वा तान्नुहोस् ।
- बैंकमा राखिएको सेनिटाईजर हातका औँला, हत्केलामा मात्र होईन नाडीसम्म प्रयोग गर्नुहोस् ।
- यदि बैंकमा भिड देख्नु भयो भने, फरक्क फर्कनुहोस् । खाली भएपछि बैंक भित्र छिर्नुहोस् ।
- पालो छिट्टै आउँदैछ भने सकबर छुट्टै उभिनु होस्, बैंकको बेन्च प्रयोग नगर्नु होस् । गर्नै परेमा फराकिलो ग्यापमा बस्नुहोस् । बस्दै गर्दा हातले बेन्चको हेन्डल नछुनुहोस् । बैंकका हरेक कुरा छुनुभन्दा पहिला कोरोना हुन सक्छ भन्ने कुरा ध्यानमा राखी सावधान अपनाउनुहोस् ।
चेक साट्न जानु भएको छ भनेः
- सकभर चेक घरमै भरेर लैजानुहोस् । बैंकको भौचर डेक्सको प्रयोग नगर्नु होस् । गर्नै परे सावधान अपनाउनु होस्। प्रयोगपछि आफ्नो पालो कुर्ने बेलासम्म खल्तीमा चेक राख्नुहोस् । हातले आँखा मिच्ने, जस्ता काम नगर्नुहोस् । हात बाहिरै राख्नुहोस् ।
- क्यासियरलाई चेक दिनु भन्दा पहिला चेकको पछाडि क्यासियरले देख्ने गरी दुईवटा सहि र मोबाईल नम्बर लेखेर दिनुहोस् । सकबर लेख्दा आफ्नै कलमको प्रयोग गर्नुहोस् । काउन्टर डेक्सलाई नछोई उभिनुहोस् ।
- क्यासियरले पैसा गनेको हेर्नुहोस्, सकभर उसैसँग मनमन गन्नुहोस् । मेसिनमा गनेको पैसाको संख्या डिस प्लेमा हेर्नुहोस् । पैसा नगनी लैजानुस् भन्दिन तर गन्दा सावधान अपनाउनुहोस् ।
- बैंकबाट फर्कनु भन्दा पहिला फेरि सेनिजाईजर प्रयोग गर्नुहोस, ढोका आफै नखोल्नुहोस् । पैसा सँगै कोरोना आएको त छैन । सावधान रहि रहनुहोस् ।
बैंकमा क्यास डिपोजिट गर्न जानु भएको छ भने :
- भौचर डेक्समा जानुहोस्, सकबर, आफ्नै कलमको प्रयोग गरि पूर्ण सावधानका साथ भर्नुहोस । तपाई दैनिक जसो बैंकमा जानुहुन्छ भने अलिकति भौचर मागेर लैजानुस् । घरमै वा अफिसमा भरेर ल्याउनुहोस । त्यसो गर्दा अर्को पटक सबैले प्रयोग गरिरहेको भौचर डेक्स प्रयोग गरिरहनु पर्दैन ।
- सकबर बैंकबाट फिर्ता पैसा लिनु नपर्ने गरि पैसा जम्मा गर्नुहोस् ।
- काउन्टर डेक्सलाई नछोई उभिनुहोस् ।
- आफ्नै खातामा जम्मा गर्दै हुनुहुन्छ रकम थोरै छ भने पैसा जम्मा भएको म्यासेज मोबाईलमा चेक गर्नुहोस् । म्यासेज आयो र पैसा जम्मा भएको ठिक छ भने भौचर लगेर तपाईले फाल्नुहुने हो भने भौचर नलग्नुहोस् त भन्दिन तर विचार गर्नुस् । अरूको खातामा, संस्थाको खातामा जम्मा गर्नु भएको छ भने सावधानका साथ भौचर सुरक्षित राख्नुहोस् ।
बैंकबाट जानु भन्दा पहिला फेरि सेनिजाईजर प्रयोग गर्नुहोस्, ढोका आफै नखोल्नु होस् । भौचर सँगै कोरोना आएको त छैन । सावधान रहिरहनुहोस् ।