Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आयकरको पहिलो किस्ता तत्कालै बुझाउन बैंकवित्तलाई कर कार्यालयको आग्रह

२०७८ पुष २३ गते

बैंकिङ खबर । कर कार्यालयले बैंक तथा वित्तीय संस्थालाई पुस महिना आयकरको पहिलो किस्ता वापतको ४० प्रतिशत रकम अग्रिम रुपमा तत्कालै बुझाउन आग्रह गरेको छ । कार्यलयाले कर छुट र आयकर समयमै दाखिला गर्न भन्दै बैंकरहरुसंग छलफल गरेको हो । कार्यलयका प्रमुख कर प्रशासक तथा कार्यालय प्रमुख शिवलाल तिवारीले विचाराधीन मुद्दा फिर्ता र बक्यौता कर दाखिलाको सुविधा लिने म्याद पुसभित्र भएकाले सुविधा तथा सहुलियत उपयोग गर्न अनुसरोध गर्नुभयो । समयमै आयकरको किस्ता दाखिला गर्न र त्यसबापतको सहुलीयत प्राप्त गर्न उहाँको आग्रह छ । छफल कार्यक्रममा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता थियो ।

Ad