Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेन्ट्रल फाइनान्सद्वारा ११ प्रतिशत लाभांश घोषणा

२०७८ पुष २ गते

बैंकिङ खबर/ सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। फाइनान्सको २९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको सात दशमलव सात प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित तीन दशमलव तीन प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन्। हाल फाइनान्सको चुक्ता पुँजी ८८ करोड १० लाख ३५ हजार ७०९ रुपैयाँ १३ पैसा रहेको छ। उक्त प्रस्तावित लाभांश वितरणपश्चात फाइनान्सको चुक्ता पूँजी ९४ करोड ८८ लाख ७५ हजार ४५८ रुपैयाँ ७२ पैसा पुग्नेछ।

Ad