Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

शेयर लगानीकर्ता र अर्थमन्त्रीबीच छलफलः धितोपत्र बोर्ड र नेप्से प्रमुख छिटो नियुक्ति गर्न माग

२०७८ मंसिर २८ गते

बैंकिङ खबर।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले शेयर बजार प्रभावित भइरहेका बेला लगानीकर्ताहरूले माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरेका छन् ।

लगानीकर्ताहरूका संघसंस्था सहभागि रहेको पुँजी बजार सुदृढीकरण वृहत कार्यदलका पदाधिकारीहरूले मन्त्री शर्मासँग भेटेर पुँजी बजारको वर्तमान अवस्था, शेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिलगायतका ५८ बुँदे सुधारका काम गर्न आग्रह गरेका छन्।

भेटमा अर्थमन्त्री शर्माले पुँजी बजारको दिगो विकासका लागि आफू लागिरहेको बताउँदै लगानीकर्ताको माग पूरा गर्ने आश्वासन दिएको लगानीकर्ता अम्बिका पौडेलले जानकारी दिए।

आइतबार अध्यक्ष दाहालले पुँजी बजारको विरोधमा अभिव्यक्ति दिएपछि दुई दिनमै बजार डेढ सयभन्दा बढी अंकले घटेको थियो ।

यद्यपी मंगलबार भने सर्किट ब्रेक लाग्ने गरी बजार बढेको छ। साढे २ घण्टामै नेप्से सूचक १३७ अंकले बढेको छ। नेप्से ६ प्रतिशतले वृद्धि भएपनि साढे १ बजे नै मंगलबारको लागि कारोबार बन्द भएको थियो।

Ad