Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पुसमा व्याज नबढाउने बैंकहरुको सहमति

२०७८ मंसिर २७ गते


बैकिङ खबर/ वाणिज्य बैंकहरुले पुसमा निक्षेपको व्याज नबढाउने भएका छन् । नेपाल बैंकर्स संघले सोमबार विकास बैंक र फाइनान्स कम्पनी संघका प्रतिनिधिहरुसँग छलफल गरी ब्याज दर नबढाउने सहमति गरेको हो । बैंकरहरुले तरलता संकट बढेसँगै निक्षेप संकलनका लागि भन्दै कात्तिक र मंसिरमा ब्याज बढाएका थिए । निक्षेपमा ब्याज बढाएपनि सोही अनुरुप निक्षेप संकलन नभएपछि पुस महिनाका लागि थप ब्याज नबढाउने सहमति भएको हो ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय र उपाध्यक्ष सुनिल केसीले विकास बैंक संघका अध्यक्ष प्रद्युमन पोखरेल र फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरसँग छलफल गरेका हुन् । उपाध्यायले सुरुवातमा आफ्नो संघमा भएको छलफलका बारेमा जानकारी गराएका थिए । गत शुक्रबार बैंकर संघको पूर्ण बैठकमा ब्याज बृद्धि नगर्ने सहमति गरेको थियो । उपाध्यायले आफ्नो सहमति सुनाउँदै विकास बैंक र फाइनान्स कम्पनीलाई पनि ब्याज नबढाउन प्रस्ताव गरेका हुन् । उनको प्रस्तावपछि दुबै संघका अध्यक्षले सहमति जनाएका थिए ।

दुबै संघले मंगलबार बैठक बोलाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले पुसका लागि बुधबारसम्म ब्याज दर प्रकाशित गरिसक्नु पर्छ ।मंसिरका लागि बैंकहरुले १०.०५ प्रतिशत अधिकतम ब्याज निर्धारण गरेका छन् । विकास बैंकहरु १०.२५ प्रतिशत अधिकतम ब्याज निर्धारण गरिएको छ भने फाइनान्सहरुको १०.३५ प्रतिशत ब्याज तय गरिएको छ ।

Ad