Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक, वित्तको ५० प्रतिशत कर्जा आयातमा लगानी हुँदा तरलता अभावः गभर्नर अधिकारी

२०७८ मंसिर २३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूको ५० प्रतिशत कर्जा आयातमै लगानी हुँदा तरलता अभाव भएकाे बताएका छन्। बिहीबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले कर्जाको ठूलो हिस्सा आयातमा जाँदा बजारमा तरलता अभाव भएको बताए। उच्च आयातका कारण व्यापारघाटा चुलिँदै गएको भन्दै उनले विलासी सामान आयातमा कडाइ गर्ने नीति लिएकोसमेत जानकारी दिए। राष्ट्र बैंकले केही समयअघि चाँदी आयातमा कडाइ गरिसकेको छ।

यसैगरी निक्षेप र कर्जाको वृद्धिको ग्यापले पनि तरलतामा असर गरेको गभर्नर अधिकारीको भनाइ थियो। ‘६४ अर्ब निक्षेप बढ्दा ४११ अर्ब कर्जा प्रवाह भएको छ’ उनले भने, ‘प्रवाह भएको कर्जा पनि आयातकै लागि प्रयोग हुँदा तरलताको समस्या भएको हो।’ बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जाको ५० प्रतिशत आयातमै लगानी हुन थालेको र आयात उच्च वृद्धि भएसँगै बैंकहरूको कर्जाको ठूलो हिस्सा पनि यसैमा खर्च भएको अधिकारीकाे भनाइ थियाे।

Ad