
बैंकिङ खबर।
बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी तीन अर्ब रुपैयाँले घटेपछि कर्जा-निक्षेप अनुपात (सिडी रेसियो)मा सुधार आएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबारको तुलनामा मंगलबार बैंक तथा वित्तीय संस्थाको निक्षेप तीन अर्ब रुपैयाँले वृद्धि हुँदा ऋण लगानी पनि तीन अर्ब रुपैयाँले नै घटेको छ।
सोमबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानी ४५ खर्ब ८८ अर्ब रुपैयाँ रहेकोमा मंगलबार ४५ खर्ब ८५ अर्ब रुपैयाँमा झरेको छ। यसैगरी सोमबारसम्म ४७ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वृद्धि भई मंगलबार ४८ खर्ब एक अर्ब पुगेको छ।
निक्षेप वृद्धि र कर्जा लगानी घटेपछि बैंकको औसत सिडी रेसियो मंगलबार ९० दशमलव ८९ प्रतिशतमा झरेको छ। सोमबार सिडी रेसियो ९१ प्रतिशत रहेको थियो। निक्षेप घटे पनि कर्जा लगानीमा आक्रमक भएपछि बैंकमा तरलता अभाव भइरहेको छ।
मंगलबारसम्मको वित्तीय सूचक
कुल निक्षेप : ४८ खर्ब एक खर्ब
कुल लगानी : ४५ खर्ब ८५ अर्ब
कर्जा -निक्षेप अनुपात : ९०.८९ प्रतिशत
अन्तरबैंक व्याजदर : ४.९८ प्रतिशत