Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साना किसान र मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत

२०७८ मंसिर २२ गते

बैंकिङ खबर।

नेपाल राष्ट्र बैंकले साना किसान विकास र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको लाभांशलाई स्वीकृत गरेको छ।

साना किसानको सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८ सम्मको को संचित मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । हाल एक अर्ब २५ करोड शेयर पुँजी रहेको कम्पनीको उक्त लाभांश वितरणपछि पुँजी डेढ अर्ब नाघ्नेछ ।

यसैगरी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको पनि १७ प्रतिशत बोनस शेयरलाई राष्ट्र बैंकले स्वीकृत गरेको छ। दुवै कम्पनीका साधारणसभाबाट पारित गरेपछि उक्त लाभांश वितरण हुनेछ।