Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा गिरावट, कारोबार पनि सुस्तायो

२०७८ मंसिर २१ गते


बैंकिङ खबर/ कारोबारको तेस्रो दिन सेयर बजार गिरावट आएको छ । अघिल्लो दिन ३२ अंकको हरियाली छाएको सेयरबजार मंगलबार फेरि ३७ अंकले ओर्लिएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेसँगै क वर्गका कम्पनीको कारोबार मापक सेन्सिटिभ सूचक पनि ६.८५ अंकले झरेको छ। आजको कारोबारमा २३१ कम्पनी सामेल भएका छन्।

दिनभरिमा ४९ हजार ७४१ पटकको खरिदबिक्रीसँगै ३ अर्ब १२ करोडको मात्रै खरिदबिक्री भएको छ। नेप्सेका अनुसार आज कम्पनीहरुको ८३ लाख कित्ता सेयर बिक्री भएको छ। आज व्यापार र म्युचुअल फन्डबाहेक ११ उपसूचक राताम्य देखिएका छन्। लगानीकर्ताको उच्च कमाइ दर आज ४.६५ प्रतिशत मात्रै रहँदा गुमाउनेले ७.६५ प्रतिशतसम्म गुमाएका छन्। मंगलबार कम्पनीहरुको १२ करोडसम्म मात्रै अधिकतम कारोबार भएको छ।

Ad