Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सपोर्ट लघुवित्तद्वारा आफ्ना सबै शाखामा लघुवित्त व्यवस्थापन तालिम सम्पन्न

२०७८ मंसिर १९ गते

बैंकिङ खबर।

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा व्यवस्थापन तथा लघुवित्त व्यवस्थापन तालिमसहित आर्थिक वर्ष २०७८/०७९ को प्रथम चौमासिक समीक्षा बैठक सम्पन्न गरेको छ। संस्थाले कर्मचारीहरुको पद अनुसार श्रेणिकरण गरी आवश्यक विषयवस्तुहरुमा तीन लट गरी संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई शाखा व्यवस्थापन र लघुवित्त व्यवस्थापन तालिम दिएको छ।

वित्तीय संस्थाले शाखा प्रमुखहरुको ३ दिने शाखा व्यवस्थापन तालिम तथा प्रथम चौमासिक समीक्षा गोष्ठी मंसिर २, ३ र ४ गते धनकुटा जिल्ला स्थित भेडेटारकाे म्याजेस्टिक होटलमा सम्पन्न गरेको छ। तालिममा श्रवणकुमार सपोर्ट प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेललाई मुख्य प्रशिक्षकका रुपमा आमन्त्रित गरिएको र यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलमणी तिम्सिना, विभिन्न विभागका विभागिय प्रमुख तथा विभागका कर्मचारीहरु बिष्णुकान्त चौधरी, संजय कुमार चौधरी, डिल्लीराम पोखरेल, सोकेन्द्र कुमार राय र राजेन्द्र पहाडीले शाखा प्रमुखहरुलाई विभिन्न विषयहरुमा प्रशिक्षण गर्नुका साथै सुझावहरु दिएका थिए।

कार्यक्रममा शाखाका शाखा प्रमुखहरुले शाखा कार्यालयहरुलाई दिइएको लक्ष्य अनुसार आ–आफ्नो शाखाको प्रगति विवरण पेश गर्नुका साथै आगामी दिनहरुको लागि रणनीतिक योजनाहरु प्रस्तुत् गरेका थिए। संस्थाको २४ वटा शाखा कार्यालयहरु मध्ये चौमासिक लक्ष्य प्रगतिका आधारमा उत्कृष्ठ शाखा कार्यालय गराँस, उदयपुर घोषित भई शाखा प्रमुखलाई सम्मानित गरीएको थियो।

त्यस्तै संस्थाले सहायक स्तरका कर्मचारीहरुको लघुवित्त व्यवस्थापन तालिम मंसिर १० र ११ गते र भर्खरै संस्थामा आबद्ध भएका नयाँ सहायकस्तरका करार, तालिम, प्रशिक्षार्थी, परीक्षणकालमा रहेका कर्मचारीहरुको समेत मंसिर १७ र १८ गते इटहरी स्थित ओशियन पार्क रिसोर्ट प्रा.लि. मा सम्पन्न गरेको छ ।

लघुवित्त व्यवस्थापन तालिममा कर्मचारीहरुलाई नयाँ सदस्य बनाउने, कर्जा लगानी गर्ने, कर्जाको भाखा नाघ्न नदिने तथा भाखा नाघेको कर्जा कसरी असुली गर्ने, सदस्यहरुलाई तथा संस्था रहेको कार्यक्षेत्रमा वित्तीय साक्षरताका कार्यक्रमहरु मार्फत साक्षर कसरी बनाउने आदि विषयहरुमा प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु साथै विभागका कर्मचारीहरुबाट प्रशिक्षण तथा सहजीकरण गरेका थिए। वित्तीय संस्थामा आवद्ध सहायक स्तरका कर्मचारीहरु मध्ये सदस्य वृद्धिमा लक्ष्य भन्दा बढी प्रगति हासिल गर्ने शाखा कार्यालयहरुलाई सम्मान गरिएको थियो। लघुवित्त व्यवस्थापन तालिममा रिलाईबल नेपाल लाईफ इन्सुरेन्स कम्पनिका तर्फबाट समेत प्रतिनिधि सहभागि भई कर्जाको विमाका बारेमा सहजीकरण गरेका थिए।