कृषि विकास बैंक लिमिटेडले मनाङको चामेमा पूर्ण बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कृषि विकास बैंक संचालक समितिका अध्यक्ष प्रमोद कुमार कार्की र बैंकका सीईओ लिला प्रकाश सिटौलाले संयुक्त रुपमा गरे ।
उद्घाटन समारोहमा बैंकका सीईओ सिटौलाले कृषि विकास बैंकले प्रदान गर्ने सेवासुविधा तथा बैंकको प्रोडक्टका बारेमा जानकारी गराए । साथै, आगामी दिनमा स्थानीय जनताको सहयोग भएमा बैंकले थप आधुनिक सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।


